सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ६ पहाडी जिल्लामा ज्यान जोखिममा रहेका गर्भवतीलाई हवाई सेवा

फाईल फोटो/ सुदूरपश्चिमबाट एयर लिफ्टिङको माध्यमबाट विरामीलाई लगिदै
फाईल फोटो/ सुदूरपश्चिमबाट एयर लिफ्टिङको माध्यमबाट विरामीलाई लगिदै
२०७५ मंसिर २८, ०२:०४ खबर संवाददाता

सुदूरपश्चिमका ६ पहाडी जिल्लामा ज्यान जोखिममा रहेका गर्भवती महिलाको उद्धारको लागि सरकारले हवाई सेवा उपलब्ध गराउने भएको छ। संघीय सरकारले सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा बाहेकका अन्य ६ पहाडी जिल्लाका गर्भवती तथा सुत्केरी हुँदा स्वास्थ्य समस्या सिर्जना भइ ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरि तोकिएको अस्पतालमा स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम ल्याएको हो। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्लाका महिलालाई यस्तो सुविधा उपलब्ध गर्ने भएको हो। 

सुदूरपश्चिम प्रदेश सरकारले भने ९ वटै जिल्लामा जटिल प्रसुती, जटिल दुर्घटना र शर्पदंशका विरामीलाई हवाई सेवा दिने भन्दै चालु आर्थिक वर्ष २०७५÷०७६ मा थप एक करोड बजेट विनियोजन गरेको छ। प्रदेशवासीलाई सुदूरपश्चिम प्रदेशमै गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने बेला हवाई सहायता मार्फत सीमित व्यक्तिमा करोडौ बजेट खर्च गर्ने योजना ल्याईएपछि आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने प्रदेशवासीको आशा निराशामा परिणत हुन थालेको छ। 

लामो प्रशव बेथा लागेका, बच्चा जन्मिन कठिनाइ भएको, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भ अवस्थामा हात खुट्टा शरीर सुन्निएको, अधिक रक्तश्राव भएको, रक्त अल्पता भएका महिलालाई ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको रुपमा व्याख्या गरिएको छ। उनीहरुलाई हवाई सुविधा मार्फत उद्धार गरिने कार्यक्रम ल्याईएको हो। 
 

कमेन्ट लोड गर्नुस