टाउकोमा ७३५ अण्डा राखेर यी व्यक्तिले बनाए विश्व किर्तिमान (भिडिओसहित)
एजेन्सी: अफ्रिकी मुलुक बेनिनका ग्रेगोरी दा सिल्भाले आफ्नो टाउकोमा ७३५ वटा अण्डा राखेर विश्व कीर्तिमान कायम गरेका छन्।
दा सिल्भाले ७३५ वटा अण्डा नफुटाइकन टाउकोमा राख्न सफलभएका हुन्। उनले एउटा विशाल टोपीमा अण्डा राखेर टाउकोमा भिरेका थिए। चीनको सीसीटीभी च्यानलको विशेष शोमा उनले उक्त कीर्तिमानी काम गरेका हुन्। तीन दिन लगाएर उनले टोपीमा अण्डा जोडेका थिए। गिनिजले पनि उनको यस कीर्तिमानलाई पहिचान दिएको छ।