बझाङ घर भएकी एक महिला गहनासहित भारतबाट फरार
धनगढीः भारतमा बझाङ घर भएकी एक महिला गहनासहित फरार भएकी छन्। भारतको बेङ्गलोरबाट बस्दै आएकी २३ वर्षीया गिता थापा (खड्का) फरार भएकी हुन्।
गिताको माइत र घर बझाङमै रहेको खुलेको छ। गिता बेङ्गलोरको हुस्सु रोडबाट गत असोज २१ गते २ वर्षीय नाबालक छोडेर फरार भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
उनका श्रीमान धित खड्काले गिता गहनासहित फरार भएपछि भारतीय प्रशासनमा निवेदन दिएका छन्।