२७ दिनपछि आर्यन जेलबाट निस्किए, हतारिँदै पिताको गाडी चढे
काठमाडौंः बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अन्ततः २७ दिनपछि जेलबाट बाहिर निस्किएका छन्। क्रुज ड्रग्स केसमा जेल पुगेका आर्यन खान आर्थर रोडबाट निस्किएका छन्। आर्यन खानलाई लिन शाहरुख खानका बडीगार्ड रवि पुगेका थिए जसले आर्यनलाई लिएर जेलबाट बाहिर निस्किसकेका छन्।
आर्यन खानको घर फिर्तीले बलिउड सेलिब्रिटीलाई खुसी बनाएको छ। बलिउडका सेलिब्रिटीले आफ्नो खुसी व्यक्त गरिरहेका छन्। आर्यन खान आफ्ना पिता शाहरुख खानको गाडीमा हतारिँदै चढेका छन्। गाडी उनीहरुको बंगला मन्नततर्फ अघि बढेको छ।