प्रहरीले झापड हानेको भन्दै डान्सर सुशान्त खत्रीको आक्रोश
काठमाडौंः चर्चित डान्सर सुशान्त खत्रीले नेपाल प्रहरी आफूलाई बिनाकारण झापड हानेको बताएका छन्। आफ्नो इन्स्टाग्राम स्टोरीमा उनल प्रहरीप्रति अब सम्मान नरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। ‘कसैलाई बिना कारण झापड हान्न पाइँदैन,’ उनले फेसबुक र इन्स्टाग्राममा लाइभ आएर भने, ‘पुलिस भनेको जनताको सेवा गर्ने मान्छे हो, त्यही मान्छेले हात हाल्ने ? यो गलत हो। हामी पुलिस भनेर सम्मान दिन्छौं, हामीलाई पनि त्यही सम्मान चाहिन्छ। सीधै झापड हान्न पाइन्न।’
खत्रीले घटना विवरण भने दिएका छैनन्।३७ वर्षिय खत्री भारतको टिभी रियालिटी शो ‘इन्डियाज डान्सिङ सुपरस्टार’ मा भाग लिएर चर्चामा आएका थिए। उनी गायनमा पनि संलग्न छन्।