सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिटेनको ‘गल्ली सडक’ युट्युव ट्रेन्डिङ वानमा

२०७८ कार्तिक २१, ०२:१६ खबर संवाददाता

काठमाडौंः गायक समिर तामाङ ‘भिटेन’को नयाँ गीत ‘गल्ली सडक’ युट्युवको ट्रेन्डिङ एकमा पुगेको छ। एकसाता अघि अपलोड गरिएको उक्त गीत युट्युवको ट्रेन्डिङ एकमा परेको हो। उनको गीतमा नेपाली राजनीतिलाई व्यङ्ग्य गरिएको छ। उनी पहिलेबाटै गीतकै कारण आलोचित हुँदै आएका छन्।

कतिपय पटक प्रहरीले उनलाई गीतकै कारण पक्राउ गर्दै आएको छ। गीतको प्रयोग भएका भाषाका कारण उनलाई प्रहरीले पक्राउ गर्दै आएको थियो। तर उनी सच्चिने भन्दै प्रहरीसामु प्रतिबद्धता जनाउँदै आएकाले छुट्दै आएका थिए। यो पटकको गीतमा पनि उनले भाषा उस्तै प्रयोग गरेका छन्। यो पटक उनले आफू पक्राउ पर्दाका अनुभवलाई गीतमा उतारेका छन्। यद्यपि उनको गल्ली सडक बोलको गीत डिजिटल बजारमा लोक्रप्रिय बनेको छ।

कमेन्ट लोड गर्नुस