अछामका दिनेश ठकुल्लाले जिते सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड
धनगढीः निर्देशक दिनेश ठकुल्लाले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड जितेका छन्। सगरमाथा म्युजिक अवार्ड–२०७८ मा निर्देशक ठकुल्लाले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड जितेका हुन्। सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड जितेका ठकुल्लालाई शुक्रबार एक कार्यक्रमकाबीच सम्मान तथा अवार्ड प्रदान गरिएको छ।
सर्वोत्कृष्ट नव निर्देशक अवार्डका लागि ५ निर्देशक मनोनयन भएका थिए। अन्य ४ निर्देशकलाई पछि पार्दै ठकुल्लाले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड हात पार्न सफल भएका हुन्। अछामको बान्नीगढी जयगढ गाउँपालिका–०३ बेल्पाटाका ठकुल्ला विगत ४ वर्षदेखि गीतसंगीत क्षेत्रका सक्रिय छन्। हालसम्म उनले डेढ सयभन्दा बढी म्युजिक भिडिओ निर्देशन गरिसकेका छन्। साथै उनले केही म्युजिक भिडियोमा आफैं मोडलिङ समेत गरेका छन्।