भर्सटाइल गायक देवमान सफल निर्णायक पनि
काठमाडौं: विगत एक दशक भन्दा लामो समयदेखि संगीत क्षेत्रमा व्यस्त रहेका देवमान तन्डुकारले सहारा सगरमाथा म्युजिक अवार्ड २०७८ मा निर्णायकको रुपमा कार्य निर्वाह गरेका छन्। जहाँ प्रमुख निर्णायकमा चर्चित गायिका सिन्धु मल्ल रहेकी थिइन्। यस्तै अन्य निर्णायकहरुमा वरिष्ठ लोक गायक चन्द्र शर्मा, प्रतिष्ठित संगीतकार राजु सिंह, वरिष्ठ संगीतकार सुदाम थापा रहेका थिए।
गायक तन्डुकारले यो भन्दा पहिले पनि पावर न्यूज म्युजिक अवार्ड २०२० तथा दोश्रो स्टार इन्टरनेसनल म्युजिक अवार्ड २०२१ मा समेत सफल निर्णायकको भूमिका निर्वाह गरिसकेका थिए। उनले सातांै नेशनल क्यापिटल अवार्ड २०२१ बाट उत्कृष्ठ नेवारी भाषाको गायकको अवार्ड प्राप्त गरिसकेका छन्।
गायक तन्डुकार सबै प्रकारका गीत सजिलै गाउन सक्ने भर्सटाइल गायकको रुपमा परिचित छन्। उनले आगामी दिनहरुमा पनि संगीत क्षेत्र मै आफूलाई समर्पित गर्ने र राम्रा राम्रा सृजनाहरु ल्याउने तयारीमा रहेको बताएका छन्।