सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिल्म हल नवीकरण मिनाहा गर्ने सरकारको निर्णय, ५० भन्दा बढी हल लाभान्वित हुने

२०७८ मंसिर १४, १०:३९ खबर संवाददाता

काठमाडौंः सरकारले कोरोना महामारी प्रभावित फिल्म हलहरुको नवीकरण मिनाहा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र निर्माण, प्रदर्शन र वितरण सातौं संसोधन नियमावली २०७८ संसोधन स्वीकृत गर्दै सो निर्णय गरेको हो।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुरा बताएका हुन्।शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिस्थापन बजेटमार्फत महामारी प्रभावित फिल्म हलहरुको नवीकरण शुल्क मिनाहा गर्ने योजना ल्याएको थियो।

सरकारको यो निर्णयबाट ५० भन्दा बढी हल लाभान्वित हुने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए। प्रत्येक ४ वर्षमा फिल्म हल नवीकरण गर्नुपर्ने प्रावधान छ।

कमेन्ट लोड गर्नुस