सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि नाकको डाडी भाच्न तयार छु(कविता)

२०७८ मंसिर १५, ०६:५५

-समीर जोशी 

घुमेर नाकको डाडी भाँचुन्जेल राउन्ड किक 
त्यही डाडीको अपरेसन गरी पार्नु छ ठिक 

धोको थिएन भाँच्नलाई नाकको डाडी
हिर्काइ दिएछन् सिपाहीले बन्दुकै छाडी 

प्रतिगमनका विरुद्ध हजारौँ मसाल बाली
सङ्घर्ष जारी नै थियो नाकमा तेल हाली 

भाषण सुनेर  बजाउँथे कमरेडहरू ताली
आन्दोलनका बीच खाइन्थ्यो लाठी र गाली 
शान्तिपूर्ण आन्दोलनमा हुन्थ्यो प्रहरीको दमन 
दमन गर्नेले गर्दथ्यो सत्ताको नमन 

सडक सङ्घर्ष गर्दा काम पाई नस भन्थे
भजन मण्डलीहरू आएर हाम्रा टाउका गन्थे

नाकको डाडि भाँच्ने थिइन नि रहर
कैयौँ लाठी खादा नि लाग्थेन कुनै डर

 राष्ट्रियताको लागि आन्दोलनको नसा हुन्थ्यो 
आन्दोलनमा दमन हुँदा हाम्रो के दुर्दशा हुन्थ्यो

हर्ष अनि उल्लासको मैदानमा नाच्न तयार छु 
सङ्घर्षको मैदानमा फेरि नाकको डाडी भाँच्न तयार छ।
 

कमेन्ट लोड गर्नुस