सुदूर नेपाललाई विश्वसँग जोड्दै

'खै कसरी' बोलको गीत सार्वजनिक

२०७८ मंसिर १७, ०७:१८ रासस

काठमाडौँ : गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ। जेजी क्रियशन युट्युब च्यानलमार्फत निर्माण गरिएको गीत बिहीबार सार्वजनिक गरिएको हो।

प्रवासमा रहेर नेपाली गीत, सङ्गीतलाई माया गर्ने गीतकार ज्योति गुरुङले कोरेको शब्दमा सङ्गीतकार गङ्गाराज राईको लय छ। गीतको भिडियोमा मोडल नम्रता सापकोटा, विकास लामिछाने र भोजराज शर्मालाई फिचरिङ गरिएको छ। निर्देशक सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा जया शर्माले रचनात्मकता थपेका छन्।

राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्शन गरेको भिडियोलाई उत्सव दाहालले छायाङ्कन गरेका हुन् भने राजकुमार श्रेष्ठले सम्पादन गरेका हुन्। गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रालगायतका गीत बजारमा आइसकेका छन्।

 

कमेन्ट लोड गर्नुस