१२ पास भएपछि गायिका रचना रिमालको योजनाः काठमाडौंमा बसेर संगीत पढ्ने
२०७८ मंसिर १७, ०३:०८
काठमाडौंः पछिल्लो समयकी हिट गायिका रचना रिमालको जीवनमा शुक्रबार नयाँ खुशि आएको छ। उनले झापा भद्रपुरको प्रज्ञा एकेडेमीबाट कक्षा १२ पास गरेकी छिन्। निकै खुशि छु, अब संगीत विषय लिएर ब्याचलर पढ्छु’ रचनाले भनिन्।
रचनाले शुक्रबार सार्वजनिक भएको नतिजामा जीपीए ३ ४४ ल्याएकी छिन्। अबदेखि काठमाडौंमा रहेर गीत गाउने र स्नातक पढ्ने आफ्नो योजना रहेको उनले सुनाइन्।
कमेन्ट लोड गर्नुस