‘देशको माटो’ कविता विमोचन
धनगढी : युवा कवि उमेश अवस्थीको कविता ‘देशको माटो’विमोचन भएको छ। कैलाली बहुमुखी क्याम्पस धनगढीको सभाहलमा एक कार्यक्रमकाबीच प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सभामुख माननीय अर्जुन बहादुर थापा, क्याम्पस प्रमुख प्रा.डा. धर्मराज उपाध्याय र प्राध्यापक संघका सभापति डा. लोक बहादुर बिष्टज्यूले उक्त कविता संयुक्त रूपमा लोकार्पण गरेका थिए।
विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसले आयोजना गरेको उक्त कार्यक्रमको कविता प्रकाशन देखि कार्यक्रम सम्मको संयोजन सहप्राध्यापक मोहन सिंह साउदले गरेका थिए। सङ्गम बुक्स पब्लिकेसन काठमाण्डौले प्रकाशनमा ल्याएको उक्त कविताको शब्द संख्या ५,७१५ रहेकोले यसलाई सम्भवतः विश्वकै सबैभन्दा लामो कविता भनेर दावी गरिएको छ।