सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘पछ्यौरीको सप्को’बाट संगीतकारमा डेब्यू गर्दै डडेल्धुराका १३ वर्षीय सक्षम

२०७८ मंसिर २३, ०५:३१ खबर संवाददाता

धनगढी: १३ वर्षीय सक्षमसिंह थापाले ‘पछ्यौरीको सप्को’ बोलको गीतबाट संगीतकारमा डेब्यू गर्दैछन्। यो गीतमा सुदाम थापा र सक्षमसिहको संयुक्त संगीत रहेको छ। उनीहरुको जोडी संगीत क्षेत्रमा पहिलोपटक देखापर्नेछ।
उक्त गीत गायिका सिन्धु मल्ल र गायक देवमान तण्डुकारले गाउने बताइएको छ। जसमा सुमन बैरागी पण्डितको शब्द रहेको छ। १३ वर्षीय सक्षम तेकवान्डोमा यल्लो बेल्ट समेत हुन्। 

उनले संगीत क्षेत्रलाई निरन्तरता दिने गरी पढाइलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। उनी डडेल्धुराका संगीतकार सुदाम थापा र गायिका सिन्धु मल्लका छोरा हुन्

कमेन्ट लोड गर्नुस