सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतकी हरनाज सन्धुले जितिन मिस युनिभर्स–२०२१ को उपाधि

२०७८ मंसिर २७, ११:५७ खबर संवाददाता

काठमाडौंः भारतकी सुन्दरी हरनाज कौर सन्धुले मिस युनिभर्स–२०२१ को उपाधि जितेकी छन्। 

७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स–२०२१ को ताज जितेकी हुन्।

सोमबार इजरायलको इएलाटमा आयोजित ७०औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धुले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन्।

सन्धु भारतको पञ्जाबस्थित चण्डीगढकी बासिन्दा हुन्। २१ वर्षीया सन्धु मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन्।

मिस युनिभर्समा भाग लिनु पहिला उनले फिल्म क्षेत्रमा समेत काम गरेकी छन्। उनी अभिनित पञ्जाबी फिल्म ‘भाइ जी कुटाङ्गे’ र ‘यारा गियान पू बरम’ आगामी वर्ष रिलिज हुँदैछन्।

योसँगै भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको छ। यसअघि सन् १९९४ मा सुस्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए।

कमेन्ट लोड गर्नुस