सुदूर नेपाललाई विश्वसँग जोड्दै

नानाथरी सम्बन्ध धेरै हुन्छन्

२०७८ मंसिर २८, ११:०८

नानाथरी सम्बन्ध धेरै हुन्छन यहाँ
आखिर यात्रा नै हो जीवन यात्रु साथी धेरै हुन्छन कैयौं 
तर खास साथी त्यो हो जस्ले आफ्नो गन्तव्य आउदा छोडेर बाटो देखाउदै जानू नभनोस ताकी बाटोतिर लग्दै हिन्नु भनोस ।

नानाथरी सम्बन्ध धेरै हुन्छन यहाँ 
पर्खाइ नै हो जीवन, पर्खेको धेरै हुन्छन कैयौं 
तर खास पर्खाइ त्यो हो जुन पूरा नहुने थाहा हुँदा पनि पर्खन मन लाग्छ नाकि थकान नै महसुस हुन्छ ।

नानाथरी सम्बन्ध धेरै हुन्छन यहाँ 
अनौठो खेल नै हो जीवन आफ्नो तिरको खेलाडी धेरै हुन्छन् कैयौं 
तर खास खेलाडी मित्र त्यो हो जसले हरेश खाएर बाजी नहाराओस ताकी भरोसा दिँदै आड दिएर जिताओस
नानाथरी सम्बन्ध धेरै हुन्छन् यहाँ ।

-नविन पाण्डेय

कमेन्ट लोड गर्नुस