सुदूर नेपाललाई विश्वसँग जोड्दै

युट्युबमा ‘कबड्डी कबड्डी कबड्डी’

२०७८ मंसिर २८, ०४:१९ खबर संवाददाता

काठमाडौं : चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मंगलबार युट्युबमा सार्वजनिक गरिएको छ। यो चलचित्र २०७६ सालको असोजमा रिलिज भएको थियो। 

रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकार शीर्ष भूमिकामा छन्। त्यस्तै, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल लगायतका कलाकारहरुको समेत यो चलचित्रमा अभिनय छ।

रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रको निर्मातामा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार छन्। यतिबेला ‘कबड्डी’को चौथो सिरिज निर्माणको क्रममा छ भने ‘कबड्डी ४’ लाई निर्देशक रामबाबु गुरुङले अन्तिम सिरिज भएको बताएका छन्।

कमेन्ट लोड गर्नुस