पुष २ मा प्रदर्शन हुने भनिएको ‘चपली हाईट ३’ पुस १५ मा प्रदर्शन हुँदै
काठमाडौं : चलचित्र ‘चपली हाइट –३’ ले प्रदर्शन मिति सारेको छ। पुस २ गते प्रदर्शन मिति तोकिएको चलचित्रलाई निर्माण टोलीले पुस १५ गते प्रदर्श गर्ने हो।
चलचित्रका निर्माता अर्जुन कुमारले चलचित्रलाई अंग्रेजी वर्षको दिनमा प्रदर्शन गर्ने बताएका छन्। जनवरी १ मा नेपाली चलचित्र कठपुतली अनि बलिउडको चलचित्र जर्सी प्रदर्शन हुँदैछ। चलचित्रमा स्वस्तिमा खड्काको मुख्य अभिनय रहेको छ भने सुपुष्पा भट्ट कँडेल, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दिपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारी, सुस्मा निरौला लगायतका कलाकारको भूमिका रहेको छ।
निकेश खड्काको निर्देशन रहेको चलचित्र क्राइम थ्रिलर जनरामा बनेको छ। चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन्।