सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा ‘पुष्पा’को ओपनिङ ५२ करोड भारु

२०७८ पुष ३, ०४:२६ खबर संवाददाता

मुम्बइः तेलुगु सुपरस्टार अल्लु अर्जुन र रस्मिका मंदाना स्टारर ‘पुष्पाः द राइज स्टार’ कोरोनाभाइरस कालखण्डमा सर्वाधिक कमाइ गर्ने भारतीय फिल्म बनेको छ। भारतीय संचारमाध्यमका अनुसार यो फिल्मले पहिलो दिन शुक्रबार भारतीय बक्सअफिसमा ५२।५० करोड भारुको ओपनिङ गरेको छ। यो फिल्मलाई दर्शक र समीक्षकले सकारात्मक प्रतिक्रिया दिएका छन्। भारतमा ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको फिल्म पुष्पाले ३० देखि ३५ करोड भारुको ओपनिङ गर्ने अपेक्षा थियो। तर, कमाइ चाहिँ अपेक्षाभन्दा बढी देखिएको छ।

भारतीय फिल्म मास्टरले दोस्रो लहरअघि ४२ करोड भारु कमाएको थियो। स्पाइडरम्यानले भारतीय बक्सअफिसमा ४१ करोड भारु कमाएको छ। अक्षय कुमारको सूर्यवंशीले २६ करोड ओपनिङ गरेको थियो। कोरोनाकालमा मुम्बइभन्दा दक्षिण भारतीय फिल्मको कमाइ राम्रो देखिएको छ। नोभेम्बर ४ मा रिलिज भएको रजनीकान्तको फिल्म अन्नाथेले तामिलनाडुमा ३४।९२ करोड भारु कमाएको थियो। भारतीय बक्सअफिमा सुपरस्टार अल्लु अर्जुन र सुकुमारको जोडी सँधै हिट रहेको छ। यी दुबैजनाले सन् २००४ मा आर्या र २००९ मा यसको सिक्वेल आर्या–२ मा काम गरेका थिए।

१४ वर्षपछि अल्लु र सुकुमारले पुष्पाको दोस्रो सिक्वेल ल्याएर आएका हुन्। यो फिल्ममा रस्मिका मंदाना मजदूर युवतीको भूमिकामा छिन्। जसको प्रेममा पुष्पराज परेपछि कथाले रोमाञ्चक रुप लिन्छ।

कमेन्ट लोड गर्नुस