सुदूर नेपाललाई विश्वसँग जोड्दै

सलमानको ब्लकबस्टर फिल्म ‘बजरंगी भाइजान’को सिरिज बन्ने

२०१५ मा रिलिज भएको चलचित्र ’बजरंगी भाइजान’को पोस्टर
२०१५ मा रिलिज भएको चलचित्र ’बजरंगी भाइजान’को पोस्टर
२०७८ पुष ६, ०५:५३ खबर संवाददाता

काठमाडौंः बलिउड अभिनेता सलमान खान र अभिनेत्री करिना कपूरको मुख्य भूमिका रहेको चलचित्र ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने भएको छ।

जनवरी ७ तारिखबाट विश्वभर रिलिज हुन लागेको चलचित्र ‘आरआरआर’को प्रचारका लागि आयोजित कार्यक्रममा सलमानले ‘बजरंगी भाइजान’को सिरिजको घोषणा गरेका हुन्। यो चलचित्रको कथा ‘आरआरआर’का निर्देशक एसएस राजमौलीका पिता केभी विजयन्द्रले लेख्दैछन्।

सलमानले ‘बजरंगी भाइजान’ आफ्नो करिअरकै उत्कृष्ट चलचित्र भएको समेत बताए। कार्यक्रमका सञ्चालक करण जोहरले यसको सिरिजको घोषणा भएको हो भनेर सोध्दा सलमानले ‘हो’ भनेर जवाफ दिएका थिए।

कबीर खानको निर्देशनमा तयार भएको चलचित्र ‘बजरंगी भाइजान’ले ३ सय करोड भन्दा बढीको व्यापार गरेको थियो। तर, चलचित्रको छायांकन कहिलेबाट शुरु हुन्छ र कलाकार को–को हुनेछन् भनेर सलमानले केही पनि बताएका छैनन्।
 

कमेन्ट लोड गर्नुस