प्रभातका किरणसँगै पलपलमा
२०७८ पुष ७, १०:१६
-गोविन्द ओझा
प्रभातका किरण सँगै पलपलमा खोजीरहुँ तिमीलाई
जिन्दगीको प्रत्येक पलहरुमा देखिरहुँ तिमीलाई
डोली चढाई बेहुली बनाई सजाएर ल्याए घरमा
फोटो तिम्रो राखे मैले मेरो हृदयको कुनामा
तिम्रो सुन्दरतामा मेरो मन सधै भुलिरहन्छ
हजारांैको भिडमा मनले तिमीलाई खोजीरहन्छ
मलाई लाग्छ सधैँभरी तिमीलाई देखिरहुँ
तिम्रो घरको नजिक आगनबाट तिमीलाई हेरिरहुँ
शान्त मेरो मनमा कता बाट हलचल भइरहेछ
मलाई हरपलको समयमा तिम्रो सम्झना आइरहेछ
कमेन्ट लोड गर्नुस