साउथ इन्डियन फिल्ममा अभिनेत्री आँचलको डेब्यू
काठमाडौं : अभिनेत्री आँचल शर्माले साउथ इन्डियन फिल्ममा डेब्यू गरेकी छन्। उनले नेपालमा छायांकन भएको तेलुगू फिल्म ‘हिटम्यान’ मा मुख्य भूमिकामा अभिनय गरेकी हुन्।
नेपालमा १५ दिनसम्म छायाङ्कन गरिएको उक्त फिल्ममा आँचलको अपोजिटमा तेलुगुस्टार विष्णु अधिकारी रहेका छन्। विष्णु फिल्मका निर्देशक पनि हुन्।फिल्ममा आँचलले नेपालीमै संवाद बोलेकी बताइएको छ। नेपाल र भारतमा छायाङ्कन गरिएको यस फिल्मको नेपालको दृश्यमा अभिनेत्री आँचल देखिने छिन्।
दीपक अधिकारीले निर्माण गरेको फिल्मलाई वाईएस शेखरले छायाङ्कन गरेका हुन्। फिल्मलाई आगामी मार्चमा दर्शकमाझ रिलिज गर्ने निर्माण टिमको योजना छ।