क्रिसमस मनाउन फार्महाउस पुगेका सलमानलाई सर्पले टोक्यो, बिहानै ३ बजे अस्पताल भर्ती
काठमाडौंः बलिउड अभिनेता सलमान खानलाई शनिबार सर्पले टोकेको छ। उनलाई मुम्बईस्थिति कमोठे इलाकास्थित एक अस्पतालमा बिहानै ३ बजे भर्ना गरियो। उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ। सलमान आफ्नो परिवारसँग शुक्रबार राती पनवेलस्थित आफ्नो फार्म हाउसमा क्रिसमस मनाउन गएका थिए।
उपचारपछि अभिनेता पुनः आइतबार बिहान ९ बजे आफ्नो फार्म हाउस फर्किए। हाल उनको स्वास्थ्य स्थिति ठिक भएको बताइएको छ। सलमानको पनवेलको जुन इलाकामा सलमानको फार्म हाउस छ, त्यो पहाडी र वन क्षेत्रले घेरिएको छ। यो इलाकामा धेरैजसो सर्प र अजिंगर निस्किन्छन्।