सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘पुष्पा’बाट अल्लूको न्यूड दृश्य किन हटाइयो ?

२०७८ पुष १२, १२:४७ खबर संवाददाता

काठमाडौंः दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ। फिल्ममा दिनमा दुई गुना रातमा चौगुना हिसाबले बक्सअफिसमा जबरदस्त कमाई गरिरहेको छ। निर्देशक सुकुमारको निर्देशनमा बनेको यो फिल्म दक्षिण भारतका मात्र नभई हिन्दी भाषाका दर्शकले पनि उत्तिकै मनपराइरहेका छन्। फिल्ममा अल्लूको अभिनयलाई सबैले तारिफ गरेका छन्। हालैमात्र निर्देशक सुकुमारले फिल्मको क्लाइमेक्स दृश्यका बारेमा मिडियासँग कुराकानी गरेका थिए।

सुकुमारले फिल्मको क्लाइमेक्स दृश्यमा अल्लु र फहाद फासिललाई देखाउन चाहन्थे। तर दर्शकको भावनालाई ध्यानमा राख्दै उनले क्लाइमेक्स दृश्यमा ट्वीस्ट ल्याइदिए। जबकी यसको वास्तविक सट फरक थियो। अल्लू र फहाद क्लाइमेक्स दृश्यका लागि न्यूड हुन्छन्। तर हामीले यो कारणले दृश्य हटायौं कि तेलुगू दर्शकका लागि न्युड दृश्य केही बढी नै हुन्छ। यसको बद्लावको बाबजुद फिल्ममा कैयौं यस्ता दृश्य छन् जुन दृश्य दर्शकलाई वास्तविक लाग्छ’, उनले भनेका छन्।

सुकुमारले रश्मिका र अल्लूलाई लिएर अर्को एक दृश्य खिचेका थिए। जसमा दर्शकको निकै खराब प्रतिक्रिया आयो। फिल्म रिलिज भएपछि यो दृश्यलाई हटाउन निकै माग गरिएको थियो। एजेन्सी
 

कमेन्ट लोड गर्नुस