‘स्पाइरम्यानः नो वे होम’ ले कमायो १.०५ बिलियन डलर
काठमाडौं: स्पाइडर म्यानको फ्रेन्चाइज सिरिजको नयाँ चलचित्र ‘स्पाइडरम्यानः नो वे होम’ ले १.०५ बिलियन डलर कमाई गरेको छ। योसँगै यो महामारीको समयमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ।
‘नो वे होम’ महामारीको समयमा विश्व बक्स अफिसमा एक अर्ब डलरभन्दा बढी कमाइ गर्ने पहिलो चलचित्र बनेको हो। सोनी र डिज्नीको को–प्रोडक्सनमा बनेको चलचित्रले प्रिमियरको दुई हप्ताभन्दा पनि कम समयमा यो रेकर्ड बनाएको हो। बीबीसी ।