सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीतिमा तिम्रो दाल गल्छ त ?

२०७८ पुष १५, ०६:०३ खबर संवाददाता

समीर जोशी, आधा जीवन बेर्थ पारिस !
न त आकासकै तारा झारिस् !

भन्छन् तैँले के नै गरिस् !
न त सहिद भएर मरिस् !

न त सम्पत्ति नै कमाउन सकिस् !
न राजनीतिमा स्थान जमाउँन सकिस् !

आखिर त के गरेर खान्छन् !
यस्तै तरिकाले कतातिर जान्छस् !

कसलाई नेता मानेर हिँडेको छस् ?
न्यायको निम्ति सडकमा भिडेको छस् !

के जीवन यसरी नै चल्छ त ?
राजनीतिमा तिम्रो दाल गल्छ त ?

मान्दिँन म यी औँलाले पैसा गन्नुपर्छ !
म त मान्छु यी हातले देश बन्नु पर्छ !

जीवन चले नि नचले नि देश चल्नु पर्छ !
समृद्धिको दियो दिनरात बल्नु पर्छ !
 

कमेन्ट लोड गर्नुस