सुदूर नेपाललाई विश्वसँग जोड्दै

र्‍यापर लाउरे ब्राउन सुगर ‘प्रयोगकर्ता’ मात्र भएको प्रहरीको निष्कर्ष

२०७८ पुष १८, ०५:२४ खबर संवाददाता

काठमाडौंः ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरे लागु औषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष छ। पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो। जिल्ला अदालत कास्कीले आरोपीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ। लाउरे भनेर चिनिने आशिष रानामगर  चर्चित र्यापर हुन्। लाउरेले नविन गुरुङसँग ब्राउन सुगर किन्न खोजेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।

लाउरेसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन्। अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार पोखरा घर भएका लाउरे लागु औषधको ‘युजर’ मात्रै भएको थाहा भएको छ। पक्राउ परेकाहरुको साथबाट कास्की प्रहरीले १३ दशमलव १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो। १३ दशमलव १ ग्राम लागु औषध कारोबार गर्नेलाई ५ देखि १० बर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ। लागु औषध नियन्त्रण ऐनअनुसार ब्राउन सुगर प्रयोगकर्तालाई १ वर्ष कैद हुने व्यवस्था छ।

कमेन्ट लोड गर्नुस