‘कैलालीका निजी विद्यालयमा सरकारले अनुगमन गर्नुपर्छ’
धनगढी: नेपालमा निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन वि.स. २०४७ सालमा स्थापना भएको थियो। कैलालीमा भने २०४९ सालमा स्थापना भएको इतिहासले देखाउँछ। यहि पुस ३ गते प्याब्सनको देशमा भरीनै जिल्ला अधिवेशन भएको छ। अधिकांश जिल्लाहरुमा नेतृत्व फेरिएको छ। कैलालीको अध्यक्षमा भने नयाँ कार्यकालको लागि टोपेन्द्र शाह निर्विरोध चयन भएका छन्। कैलाली विद्यानिकेतनका सञ्चालक समेत रहेका शाह प्याब्सनमा आफू स्कुल सञ्चालक भए देखिनै लागेको बताउछन्। उनी २०६० सालदेखि निरन्तर अहिलेसम्म शिक्षा क्षेत्रमा छन्। उनको प्याब्सनको यात्रा सदस्य, महाधिवेशन प्रतिनिधि, दुईपटक प्याब्सन कैलाली जिल्ला समिति सचिव र निवर्तमान प्याब्सन कैलालीको वरिस्ठ उपाध्यक्ष हुदै प्याब्सन कैलालीको अध्यक्षसम्म पुगेको छ।
हरेक निजी विद्यालय सञ्चालकको जोड आफ्नो विद्यालयको गुणस्तर कसरी बढाउने र कसरी अभिभावकहरुको विश्वास जित्ने भन्ने नै हुन्छ। यहीँ जोडलाई प्याब्सन कैलालीले पनि गर्ने शाहको बनाई छ। ‘निजी विद्यालयहरु राम्रो भयो र निजी विद्यालय बाँचे पो संस्था पनि बाच्ने हो। त्यसैले प्याब्सनको अध्यक्षको जिम्मेवारीमा आइसकेपछि कसरी विद्यालयहरुको गुणस्तर कायम गर्ने र निजी विद्यालयहरु प्रतिको आकर्षणलाई कायम गर्न प्याब्सन कैलाली कार्यसमितिले काम गर्छ’ उनी भन्छन्, ‘प्याब्सनमा केवल स्कुल सञ्चालकको मात्रै नभएर शिक्षक शिक्षिकाहरुको पनि हो जस्तो मलाई लाग्छ। त्यसैले शिक्षक शिक्षिकाहरुको हकहितका कुरा त छदैछन्। उनीहरुका विकासका कुराहरु र क्षमता वृद्धिका कुराहरूमा हाम्रो ध्यान जानु पर्छ। यसको लागि अबका दिनमा हामी काम गर्छौ।’ उनी अभिभावकहरुलाई सरकारको रुपमा लिने गरेको बताउँछन्। उनी भन्छन्, ‘अभिभावकहरुले आफ्नो छोराछोरीको भविष्यको चिन्ता गरेर निजी विद्यालयहरु रोज्नुभएको छ। अभिभावकहरुलाई सन्तुष्ट पार्ने सवालमा पनि हामी काम गर्छौ।’
काम गर्दै गर्दा विभिन्न समस्याहरुको सामना काम गर्नेले गर्नुपर्नेउनी बताउँछन्। उनले आफ्नो कार्यसमिति सफल पार्न राज्यबाट हुने सहयोग, ऐन नियमावलीका कुराहरु, नीतिका कुराहरुलाई लिएर भोग्नु समस्याहरु बाहेक पनि अरु विभिन्न चुनौतीहरु भोग्नुपर्ने बताए। ‘हामीले जिल्ला स्तरमा गर्नसक्ने भनेको शिक्षा केन्द्रित, विद्यार्थी केन्द्रित र अभिभावक केन्द्रित कार्यक्रम ल्याउने हो’ उनले भने, ‘त्यसैगरी सञ्चालकहरुको अभिवृद्धि, शिक्षक शिक्षिकाको अभिवृद्धि गर्नुपर्ने कामको योजनाभित्र रहने भए। तर विभेदको नजरले निजी विद्यालयहरुलाई हेर्ने गरेको देख्न सकिन्छ। यसलाई सामना गरेर एउटा सकारात्मक नजर निजी विद्यालयप्रति निर्माण गर्नु हाम्रो अर्को चुनौती छ।’
कैलालीको हकमा निजी विद्यालयहरुलाई लिएर सरकारले गर्नुपर्ने अनुगमन एकदम न्यून रहेको शाह देख्छन्। ‘अनुगमनको लागि योजना नै बनाएर नियमित रुपमा गर्नुपर्ने हो तर छैन। सबै कुरा फेरि नीतिमा नै जान्छ। समस्या कहाँ छ भने, राष्ट्रिय नीतिमा स्पष्ट खाका नभएको कारणले गर्दा यो गुनासो सुनिँदै छ। निजी विद्यालयलाई एउटा शुल्कसँग मात्रै दाँजेर यसले गरेका क्रियाकलापहरु, यसले निर्माण गरेका जनशक्तिहरुलाई नहेरेर नकारात्मक सन्देश फैलाउने गरिएको छ। यो हुनु हुँदैन’, उनी थप्छन्, ‘राम्रो शिक्षाको सपना देख्ने अभिभावकहरु जसले आफ्ना साना बच्चाहरुलाई विदेश पठाउनुपर्ने स्थिति थियो त्यसलाई स्वदेशमा नै समाधान गरिरहेको अवस्थामा यो भन्दा ठूलो उपलब्धी के हुनसक्छ।’
(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृंखलामा प्याब्सन कैलाली टोपेन्द्र शाहसँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित।)