कांग्रेस नेतृसँग गायक यम बरालको गुपचुप दोस्रो विवाह
काठमाडौंः गायक यम बरालले दोस्रो बिहे गरेका छन्। कांग्रेस राजनीतिमा क्रियाशील गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग उनले हालै लगनगाँठो कसेका हुन्।
गत मंसिरमा बिहे गरेर काठमाडौंको नयाँ घरमा भित्र्याएको उनीनिकट स्रोतले बताएको छ। तर, गायक बरालले विवाह गरेको सार्वजनिकरुपमा स्वीकारेका छैनन्। तर, उनीहरुले विवाह गरेको भिडियो नै सार्वजनिक भइसकेको छ। टेलिभिजन कार्यक्रम रजतपटले प्रशारण गरेको भिडिओमा दुवै दुलाहा र दुलहीको रुपमा नाचगान गरिरहेको देखिन्छन्।
गीता हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला खुल्लातर्फ बागमती प्रदेश अधिवेशनमा प्रतिनिधिको उम्मेदवार थिइन्। तर, उनी चुनावमा पराजित भइन्। गायक बरालको पूर्वपत्नी आकृति राणासँग सन् २०११ मा सम्बन्ध विच्छेद भएको थियो। १० वर्षसम्म एकल जीवन बिताएका गायक केही समय अमेरिका बसेर फर्किएका थिए।