सुदूर नेपाललाई विश्वसँग जोड्दै

महोत्सवमा कलाकार नआएको आक्रोशमा ४ गाडी र सयौं कुर्सीमा आगजनी

२०७८ माघ ५, ११:१० खबर संवाददाता

इनरुवा: सुनसरीको सीमावर्ती गाउँ चिमडीको बर्जु महोत्सवमा उपस्थित हुने भनिएका कलाकार नआएको भन्दै आक्रोशित दर्शकले आगजनी गरेका छन्। बर्जु गाउँपालिका ६ चिमडीको बर्जु तालमा भारतको बिहारका भोजपुरी सुपर स्टार खेसारीलाल यादव आउने भनेर व्यापक प्रचारप्रसार गरिएको थियो। तर कार्यक्रममा यादव नआएपछि आक्रोशमा दर्शकले मञ्च र केही गाडीमा आगजनी गरेका हुन् ।

बिहानैबाट टिकट काटेर प्रवेश गरेको तर कलाकार यादव नलाउने भएपछि दिउँसो दर्शकले आगजनी गरेको महोत्सवमा सहभागी पत्रकार सुरेन्द्र मेहताले जानकारी दिए। आगजनीबाट भारतीय नम्बर प्लेट भएका चार वटा स्कारपियो र सयौं कुर्सीमा जलेका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।

भोजपुरी सुपर स्टार कलाकारलाई हेर्न स्थानीय दर्शक बिहानैदेखि दुई सय र तीन सय रुपियाँको टिकट काटेर महोत्सवमा बसेका थिए ।

 

कमेन्ट लोड गर्नुस