सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमा बनिन् प्रियंका चोपडा

२०७८ माघ ८, १०:११ खबर संवाददाता

नयाँ दिल्ली: बलिउड–हलिउड अभिनेत्री प्रियंका चोपडा आमा बनेकी छिन्।  सामाजिक सञ्जालमा सेयर गर्दै प्रियंका चोपडाले लेखेकी छिन्,‘हामी सरोगेसीमार्फत जन्मिएको बच्चालाई स्वागत गर्दैछौं भन्ने जानकारी गराउन पाउँदा निकै खुसी लागेको छ। हामी यस विशेष अवसरमा हामी सबैलाई हाम्रो गोपनियता सुरक्षित गर्न आदरपूर्वक अनुरोध गर्दछौं, किनकि हामी अहिले हाम्रो परिवारमा पूर्ण रूपमा केन्द्रित छौं। सबैलाई धेरै धेरै धन्यवाद।'
 
प्रियंकाले डिसेम्बर २०१८ मा निक जोनससँग विवाह गरेकी थिइन्। उनीहरूले हिन्दू र क्रिस्चियन मान्यता अनुसार विवाह गरेका थिए।

कमेन्ट लोड गर्नुस