सुदूर नेपाललाई विश्वसँग जोड्दै

तार चोरेको आरोपमा भायानेटमा कार्यरत सुदूरपश्चिमका ३ सहित ५ कर्मचारी पक्राउ

२०७८ माघ १०, ०३:५३ खबर संवाददाता

काठमाडौं: टेलिकमको तार चोरेको आरोपमा इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटमा कार्यरत ५ जना कर्मचारीहरू पक्राउ परेका छन्। काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित लोलाङ हाइटमा रहेको पोलबाट तार चोरेको अभियोगमा महानगरीय प्रहरी वृत बालाजुले भायानेटका ५ कर्मचारीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलाली घर भएका नमेश बुढा, गोविन्द साउद, बझाङ घर भएका प्रेमबहादुर बोहरा, गोरखा घर भएका राजन घले र काभ्रेको बनेपा घर भएका प्रबिन कार्की छन्। मर्मतका लागि हिँड्ने उनीहरुले तार चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेश राज मैनालीले बताए।

कमेन्ट लोड गर्नुस