सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकटके बढेपछि तोरीबारीमा प्रहरी टोली

२०७८ माघ १७, ०३:५२

धनगढीः कोरोना महामारीका बेला अधिकाँश क्षेत्रहरु बन्द रहँदा सार्वजनिक तथा पर्यटकीय क्षेत्रहरुमा भीडभाड बढेको देखिएको छ। सामाजिक सञ्जाल फेसबुक,टिकटक,युट्युब लगायतमा तस्बिर तथा भिडियोहरु सार्वजनिक गर्ने हेतुले पर्यटकीय क्षेत्रमा घुइँचो लागेको हो। यसपटक आन्तरिक पर्यटकको भीड म्याग्दीको एक तोरीबारीमा पनि लागेको छ।

बेनी नगरपालिका–१ रत्नेचौरस्थित तोरीबारीमा फोटो खिच्ने,टिकटक, युट्युब लगायतका लागि भिडियो निर्माण गर्नेको भीड बढेको छ। सो ठाउँमा पिच सडकको दायाँ बायाँ सुन्दर तोरी बारी छ। तोरीबारीमा बनाइएका भिडियो तथा तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त स्थानमा आन्तरिक पर्यटकको घुँइचो लागेको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले जानकारी दिए।

उनले  सो ठाउँमा अत्याधिक भीड हुने गरेको बताए। उनले अहिले सो ठाउँमा अत्याधिक भीड भएको बताउँदै प्रहरी खटाइएको बताए।
 

कमेन्ट लोड गर्नुस