सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय गायिका लता मंगेशकरको निधन

२०७८ माघ २३, १०:३६ खबर संवाददाता

धनगढी: प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। उनको आइतबार बिहानमा मुम्बइमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  स्वर कोकिलाका नामले समेत पुकारिने लताको ९२ वर्षको उमेरमा निधन भएको हो। 

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो। उनले हजाराैं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन्। कोरोना संक्रमण भएपछि उनी २७ दिनदेखि अस्पतालमा उपचाररत थिइन् । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो।

कमेन्ट लोड गर्नुस