सुदूर नेपाललाई विश्वसँग जोड्दै

गजल

२०७८ माघ २५, ०७:५३ खबर संवाददाता

लोचन 'फूलको थुङ्गा': दुई किनाराहरूको  मिलन   होला   नहोला
सोचे जस्तो खोजे जस्तो जीवन होला नहोला।

जिन्दगी  धरौटी  राखिदिन्छु  म,  मूल्य बताऊ
यस्तै  छ  मेरो   निर्णय,  मनन्  होला  नहोला।

धरोधर्म, माया  त  गर्छु  मैले  पनि  उनलाई 
तर दुई मुटु एक  धड्कन होला नहोला।

रोजेका कुरा गुमाउन नमान्दो रैछ मन
भाग्यमा नभए सम्बन्ध जतन होला नहोला।

ए,  फूलको  थुँगा रमाउन  पनि  जान्नु  पर्छ 
एक्लोपनमा आखिर वजन होला नहोला।

 

कमेन्ट लोड गर्नुस