सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रणय दिवसमा धमलाको ‘सुनन’ म्युजिक भिडियो

२०७८ माघ २९, ०६:२१ रासस

काठमाडौँ : प्रणय दिवस नजिकिँदै गर्दा प्रेमिल शैलीका म्युजिक भिडियो सार्वजनिक हुँदैछन्। फेबु्रअरी १४ का दिन विश्वभर प्रणय दिवस मनाउने गरिन्छ। यसै क्रममा युवा गायक प्रदीप धमलाले ‘सुनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। युवा, प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको सो गीतमा गायक धमलाकै शब्द र सङ्गीत रहेको छ।

शिवम् रसाइलीले यस गीतमा सङ्गीत संयोजन गरेका हुन्। अनिल कटुवालले छायाङ्कन र सम्पादन गर्नुभएको उक्त भिडियोमा सविता कुटु र गायक धमलाको अभिनय हेर्न सकिन्छ। भिडियोमा ‘द’ डान्स सोर्स समूहकोसमेत प्रस्तुति रहेको छ। म्युजिक भिडियो ओपिडी ट्युन्स नामक च्यानलमार्फत् सार्वजनिक भएको हो।

कमेन्ट लोड गर्नुस