गायक केशवराज अवस्थीको ‘झुपडी’ सार्वजनिक [भिडिओसहित]
धनगढीः सर्जक तथा गायक केशवराज अवस्थी ‘शिरिष’को झुपडी नामक गीत सार्वजनिक भएको छ। अवस्थीकै स्वरमा रहेको झुपडी हालै सार्वजनिक भउको हो।
उक्त गीतमा परदेशमा रहेको छोरो र आमाबीचको प्रेम तथा स्नेह भावलाई उतारिएको छ। आमाको खुसीका लागि परिवारको मायाबाट टाढिएर भोगका पिडालाई गीतमा समेटिएको छ।
उक्त गीतमा देव बोहराको शब्द तथा रमेश विश्वासको संगीत रहेको छ। यस्तै गीतको भिडियोमा देव बोहरा र सन्ध्या बिसीले अभिनय गरेका छन्।