भ्यालेन्टैन्सकै मुखमा रितेशबाट अलग भइन् राखी
धनगढीः बलिउड अभिनेत्री राखी सावन्त पतिबाट अलग भएकी छन्। उनले इन्स्टाग्राममार्फत भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा पति रितेश राजसँग अलग भएको घोषणा गरेकी हुन्। उनले बिग बोस १५ समाप्त भएपछि पतिको बारेमा धेरै कुरा थाहा पाएको बताएकी छन्। रितेश आफ्नो नियन्त्रणभन्दा बाहिर रहेकाले सँगै बस्न नसक्ने उनको दाबी छ। यस्तै उनले आफूहरु बीचको भिन्नताहरु बाहिर निकाल्ने प्रयास गरिरहेको पनि बताएकी छिन्।
'प्रिय प्रशंसक र शुभचिन्तकहरू, केवल यो भन्न चाहन्छु कि रितेश र मैले अलग हुने निर्णय गरेका छौं। बिग बोस शोपछि धेरै कुरा थाहा भयो,जुन मेरो नियन्त्रण बाहिर थियो। हामीले हाम्रा भिन्नताहरू बाहिर निकाल्ने प्रयास गरेका छौं’, उनले इन्स्टाग्राममा भनेकी छन्। सम्बन्धमा दरार आए पनि दुबै जनाले छुट्टै जीवनको आनन्द लिइरहेको उनले बताइन्। सावन्त टिभीको सबैभन्दा विवादित रियालिटी शो ’बिग बोस १५’ मा पति रितेश राजसँग देखिएकी छन् । यस शोमार्फत राखीले आफ्ना पति रितेशलाई चिनाएकी थिइन्।