रेखा थापाले गरिन् दोस्रो विवाह
काठमाडौंः अभिनेत्री रेखा थापाले बिहे गरेको खुलासा भएको छ। रेखाले माघ १२ गते नै जाजरकोट स्थायी घर भएका प्रेमी बलराम शाहीसँग बिहे गरेकोे खुलेको हो। यसअघि चलचित्र वृतमा रेखाको वैशाखमा बिहे हुने गसिपले चर्चा लिइरहेको थियो। तर, अभिनेत्री रेखा थापाले दुई हप्ताअघि नै ‘कोर्ट म्यारिज’ गरेको काठमाडौं जिल्ला अदालत स्रोतले जनाएको छ। अदालत पुगेर उनले आफ्ना प्रेमी बलरामसँग बिहे गरेको खुलेको हो।
बलरामको स्थायी घर जाजरकोट हो। पछिल्ला दिनमा रेखासँग गहिरो प्रेममा रहेका शाही अमेरिकामा बसेर व्यवसाय गर्दै आएका व्यवसायी रहेको बुझिएको छ।रेखाको यो दोश्रो बिहे हो। निर्माता छविराज ओझासँगको १० वर्षको सम्बन्धमा पूर्णविराम लागेपछि उनी केही वर्षयता एक्लो जीवन बिताइरहेकी थिइन्।