चर्चित बलिउड संगीतकार बप्पी लहिरीको निधन
मुम्बई : बलिउडका चर्चित संगीतकार तथा गायक बप्पी लहरीको निधन भएको छ। लहरीको ६९ वर्षको उमेरमा मुम्बईस्थित क्रिटी केयर अस्पतालमा मंगलबार राती ११ बजे निधन भएको हो।
अस्पतालका निर्देशक डा. दीपक नामजोशीले लहिरी एक महिनाअघिनै अस्पतालमा भर्ना भएको र सोमबार मात्र अस्पतालबाट डिस्चार्ज भएको जनाएका छन्।
बलिउडमा आफ्नो पचास वर्ष लामो करियरमा ६ सय ५० भन्दा बढि फिल्म तथा सयौं गीति एल्बममा संगीत दिइसकेका बप्पी लहिरी संगीतकारका साथै गायक पनि हुन्। उनले सन् १९७०-८० को दशकमा फिल्ममा डिस्को थीमवाला कयौं गीत दिएका थिए।