सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको महिनावारी सद्भावना दूत बनिन् रेखा जोशी

२०७८ फाल्गुन ८, ०५:२२ खबर संवाददाता

धनगढी: लोक तथा देउडा गायिका रेखा जोशी सुदूरपश्चिम प्रदेशको लागि मर्यादित महिनावारी सद्भावना दूत नियुक्त भएकी छन्। उनलाई खानेपानी तथा सरससफाइको क्षेत्रमा काम गर्दै गाएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना(आरभिडब्लूआरएमपी)ले सद्भावना दूतमा नियुक्त गरेको हो। 

जोशीले सुदूरपश्चिम प्रदेशमा रहेको महिनावारी व्यवस्थापन सम्बन्धि कुसंस्कार र अन्धविश्वासकाविरुद्ध जनचेतना जागरण गर्न सांगीतिक अभियान सञ्चालन गर्ने बताएकी छिन्। छाउपडी प्रथा अन्त्य गर्न युवा वर्गलाई उत्प्रेरित गर्ने गायिका जोशीले बताइन्।

कमेन्ट लोड गर्नुस