सुदूर नेपाललाई विश्वसँग जोड्दै

र्‍यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा

२०७८ फाल्गुन १०, ०५:१६ खबर संवाददाता

काठमाडौं: लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका र्‍यापर आशिष राना 'लाउरे'लाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएको छ।  मंगलबार लाउरेलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए। 

प्रहरीले उनीसँगै अरू थप तीन जनालाई पनि पक्राउ गरेको थियो। उनीहरू तीन जनालाई भने पुर्पक्षमा पठाएको हो। लागूऔषध खैरो हेरोइन कारोबार गरेको अभियोगमा प्रहरीले लाउरेसहित ४ जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो ।

कमेन्ट लोड गर्नुस