सुदूर नेपाललाई विश्वसँग जोड्दै

पल शाहविरुद्ध बलात्कारको जाहेरी दर्ता

२०७८ फाल्गुन ११, ०५:०४ खबर संवाददाता

काठमाडौं: अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दायर भएको छ। नाबालिग गायिकालाई विवाह गर्छु भनेर फकाएर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै उनी विरुद्ध जाहेरी दर्ता भएको हो। 

गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ। शाहमाथि अधिकारीलाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ।

ती नाबालिगले जाहेरी दर्ता गर्न लागेको सूचना पाएपछि शाह केही रङ्ग पत्रकार लिएर पोखरा पुगेर फकाएका थिए।  गायिकाले उजुरी दिन सक्ने जोखिम देखेर शाहले उनलाई आफुसँगसँगै लिएर हिँडेका थिए। बुधवार उनी घर जान्छु भनेर पोखरा पुगेकी थिइन्। त्यहाँबाट पारिवारिक सल्लाह गरेर तनहुँ पुगेर जाहेरी दर्ता गराएकी हुन्।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ। १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ। पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले उनीमाथि कानुनी कारवाहीको माग गर्दै ती गायिकाले बुधबार बिहानै तनहुँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर शाह विरुद्ध जाहेरी दिएकी हुन्। ती गायिका अहिले बल्ल १७ वर्ष पुगेकी छिन्।

 

कमेन्ट लोड गर्नुस