सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कार मुद्दामा पल शाह दोषी ठहर भए के हुन्छ सजाय ?

२०७८ फाल्गुन ११, ०५:३२ खबर संवाददाता

धनगढी: नायक पल शाहविरुद्ध १७ वर्षीया गायिकाले बलात्कार जाहेरी दर्ता भएको छ। ती किशोरीले जिल्ला प्रहरी कार्यालय तनहुँमा मुद्दा दर्ता गरेकी हुन्। जाहेरीमा ती गायिकाले आफूलाई शाहले ‘प्रेमको जालमा पारी सुटिङका क्रममा ललाइ–फकाइ गर्दै सम्बन्ध राखेको’ उल्लेख गरेकी छन्। 

नेपालको कानून अनुसार १८ वर्षभन्दा कम उमेरकी किशोरी/बालिकासँग सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जस्ती करणी मान्छ। यसमा कडा सजायको व्यवस्था छ। अपराध संहिता २०७४ अनुसार १६ देखि १८ वर्षको किशोरीलाई करणी गर्दा १० देखि १२ वर्षको जेल सजाय हुन सक्छ। यस्तो अपराधमा घटना भएको एक वर्षभित्र उजुरी दिन सकिने व्यवस्था छ। ती गायिकाले एक वर्षभित्रै घटना भएको भन्दै सप्रमाण प्रहरीमा जाहेरी दिएकी हुन्। 

कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिनसक्ने व्यवस्था छ। त्यसैले पललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न सक्छ। 

कमेन्ट लोड गर्नुस