सुदूर नेपाललाई विश्वसँग जोड्दै

पल शाहलाई पक्राउ गर्ने तयारीमा प्रहरी

२०७८ फाल्गुन ११, ०५:५८ खबर संवाददाता

धनगढीः अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता भएपछि पक्राउको तयारी थालिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाइ पक्राउ गर्न तयारी थालेको हो। 

शाहविरुद्ध कास्की घर भएकी एक १७ वर्षकी गायिकाले आजै मुद्दा दर्ता गराएकी छन्। जाहेरीमा बालिकाले आफूलाई बिहे गर्छु भनेर शाहले फकाएर बलात्कार गरेको आरोप लगाइएको प्रहरीको भनाइ छ। 

‘जाहेरी दर्ता भइसकेकाले अब पल शाहलाई पक्राउको तयारी गरिएको छ, बाहिर धेरै हल्ला गर्दा मुद्दा प्रभावित हुने भएकाले यो विषयलाई धेरै प्रचार नगरिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो’, एक प्रहरी अधिकृतले भने। 

कमेन्ट लोड गर्नुस