सुदूर नेपाललाई विश्वसँग जोड्दै

पल शाहविरुद्ध पक्राउ पुर्जी जारी, आजै पक्राउ गर्न प्रहरीको सर्कुलर

२०७८ फाल्गुन ११, ०८:५३ खबर संवाददाता

काठमाडौँ : पल शाहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि अभिनेता शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। जिल्ला अदालत तनहुँले बुधबार अभिनेता शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जानकारी दिएको छ। उनलाई आजै पक्राउ गर्न प्रहरीको सर्कुलर गरिएको बताइएको छ। 

अभिनेता पल शाहले नाबालिक गायिकामाथि अन्तिम पटक यौन शोषण गरेको स्थल तनहुँ जिल्लाको दुलेगौडा भएकाले किशोरीले तनहुँमा पीडित युवतीका बुबाले तनहुँमा किटानी जाहेरी दिएका थिए। 

पल शाहले देखावटी मायाप्रेम बहाना गर्दै जर्बजस्ती करणी गरेको खुलेको दाबी नाबालिक पक्षको छ। गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिग बसेको कोठामा गएर ललाइफकाई ‘बिहे गर्छु, धोका दिन्नँ’ भन्ने विश्वास दिलाइ असहमति हुँदाहुँदै जबरजस्ती करणी गरेको आरोप पनि जाहेरीमा उल्लेख छ। 
 

कमेन्ट लोड गर्नुस