सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ अडियो सार्वजनिक गर्दै पल शाहले भने- दोषी भए सजाय भोग्न तयार छु

२०७८ फाल्गुन १२, १०:०१

धनगढी: अभिनेता पल शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानूनअनुसार सजाय भोग्न तयार रहेको बताएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमाथि षडयन्त्र भएको भन्दै आफू दोषी ठहरिए कानुनअनुसार सजाय भोग्न तयार रहेको बताएका हुन्। उनले भनेका छन्, ‘यदी म दोषी भए नेपालको कानूनबमोजिम सजाय भोग्न तयार छु।’ ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन्।

 

कमेन्ट लोड गर्नुस