सुदूर नेपाललाई विश्वसँग जोड्दै

पल शाह दमौलीमा, एक घण्टाभित्र गिरफ्तार हुदै

२०७८ फाल्गुन १५, १२:२५ खबर संवाददाता

काठमाडौंः जबर्जस्ती करणीको आरोप लागेका नायक पल शाहले आज तनहुँ प्रहरीमा गिरफ्तारी दिने भएका छन्। उनी प्रहरीको निगरानीमै तनहुँ पुगिसकेको स्रोतले बतायो।

शाहले आज फेसबुकबाट आफैं प्रहरीमा उपस्थित हुने घोषणा गरेका थिए। यद्यपि, कुन प्रहरीमा भन्ने खुलाएका थिएनन् । उनीमाथि तनहुँ जिप्रकामा जाहेरी परेका कारण त्यहीँ गिरफ्तारी दिन इच्छा देखाएपछि प्रहरीले ‘कन्सिडर’ गरेको स्रोतको भनाइ छ। स्रोतका अनुसार उनले तनहुँबाटै सो स्टाटस पोष्ट गरेका थिए।

प्रहरीले पललाई नियन्त्रणमा लिइसकेको बताएको छैन। तर, उनलाई प्रहरीको निगरानीमा नै तनुहुँको दमौली पुर्‍याइएको स्रोतको भनाइ छ। उनी करिब एक घण्टामा जिप्रका तनहुँ पुग्ने स्रोतको दाबी छ। एक नाबालिग गायिकाले चार दिनअघि दमौली प्रहरीमा जाहेरी दिएयता पल फरार थिए। उनलाई पक्राउ गर्ने काठमाडौंमा प्रहरीका पाँच टोली खटाइए पनि फेला परेका थिएनन्।

कमेन्ट लोड गर्नुस