सुदूर नेपाललाई विश्वसँग जोड्दै

पललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०७८ फाल्गुन १५, ०४:३६ खबर संवाददाता

काठमाडौंः जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको  हो।

बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो। त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए।

कमेन्ट लोड गर्नुस