सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘२ नम्बरी’ मा अटाउलान् त पल शाह ?

२०७८ फाल्गुन १९, ०१:३१ खबर संवाददाता

काठमाडौंः दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘२ नम्बरी’ को छायांकन फेरि सुरु हुने भएको छ। पहिलो चरणको कोरोना महामारीको कारण रोकिएको फिल्म अहिले आएर फेरि सुरु हुन लागेको हो । फिल्मको छायांकन १ चैत्रबाट सुरु हुने निर्माता करिण नेपालीले बताए।

काठमाडौंबाट सुरु भएको फिल्मको छायांकन पोखरामा पुगेर रोकिएको थियो। अहिले फिल्मको छायांकन लोकेसन र केही कलाकार भने फेरिने भएकछन्। फिल्मका एक कलाकार जयनन्द लामाको निधन भएको र कलाकार पल शाह बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेकोले निर्माण युनिटले केही कलाकार परिवर्तन गर्न लागेको हो। निर्माता किरण नेपालीले स्वर्गीय कलाकार जयनन्द लामाको ठाउँमा अर्को कलाकार राखिने भएपनि पलको विषयमा केही निर्णय नभएको बताए। ‘पल शाहमाथि आरोप लागेको हो। प्रमाणित भएको छैन’ किरणले भने ‘केही दिनपछि उनको बिषयमा हुने कानुनी फैसला अनुसार हामी उनी रहने नरहने निर्णय गर्नेछौँ।’ फिल्ममा पल परिवर्तन हुन सक्ने किरणले सुनाए।

फिल्ममा दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), वर्षा राउत लगायतको मुख्य भूमिका रहनेछ। निर्देशक लामाकै कथा रहेको फिल्मको निर्मातामा रोहित कट्टेल र सरोज नेपाली हुन्, भने प्रस्तुतकर्तामा किरण नेपाली रहेका छन्।
 

कमेन्ट लोड गर्नुस